दशगजा क्षेत्रमा नेपाल-भारत संयुक्त सुरक्षा गस्ती
वि.सं.२०७५ भदौ २९ शुक्रवार १६:१५
shares

पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।
सीमामा बढ्दो चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ संख्यासम्म संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी प्रसौनीले जनाएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा नेपाली टोली र एसएसबीका प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा भारतीय सुरक्षा टोली गस्तीमा सहभागी थिए । गस्तीका क्रममा सुरक्षा टोलीले जीर्ण सीम स्तम्भको अवलोकन र दुवै देश तर्फका स्थानीयको समस्याका बारेमा छलफल गरेको थियो ।

























