global ime bank Long Banner Ad

गृहपृष्ठ महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । जलेश्वर नगरपालिका नैन्हीमा झडापखलाबाट ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो । यसअघि ४ वर्षीया खुश्बु खातुनको झाडापखालाकै कारण मृत्यु भएको थियो ।

३०० भन्दा बढी परिवार बसोबास गर्दै आएको नैनहीमा प्रकोपले भयावह रूप लिएको छ । भदौ २५ देखि नै नैनहीमा झाडापखालाका बिरामी देखा पर्न थालेको स्थानीय बताउँछन् ।

तर, जिल्ला जनस्वाथ्य कार्यालय, नगरपालिकालगायतका सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन नसक्दा र स्थानीयलेसमेत पर्याप्त सावधानी नअपनाउँदा झाडापखालाले उग्ररुप लिएको हो ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु