गृहपृष्ठ सरकारले विमानस्थलबाटै फर्कायो मओवादीका पूर्व लडाकुलाई
सरकारले विमानस्थलबाटै फर्कायो मओवादीका पूर्व लडाकुलाई
युवाहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन थाइल्यान्ड जान लागेका माओवादीका एक पूर्व लडाकुलाई सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । तत्कालिन विद्रोही माओवादीका बालसैनिकसमेत रहेका बिष्टले अन्तर्राष्ट्रिय मञ्चमा बालसैनिका मुद्धा उठाउन सक्ने भन्दै अध्यागमन विभागले फर्काएको हो ।
बिहान ९ बजे विमानस्थल पुग्दा कालोसूचीमा रहेको भन्दै आफूलाई फर्काएको बिष्टले बताए । यसअघि रसियालगायत विभिन्न देशको भ्रमण गरिसकेका उनलाई यसपटक भने फकाईएको हो ।
‘थाईल्याण्ड कार्यक्रममा जान लागेकोमा जुन कार्यक्रममा जान लागेको हो त्यस विषयसँग सम्बन्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकोले प्रस्थान अनुमति नदिईएको’ उनलाई अध्यागमनले दिएको पत्रमा भनिएको छ । विष्टले केही वर्षयता बिष्ट बालसैनिकको मुद्दा चर्को रुपमा उठाउँदै आएका थिए ।
पार्टी पटक–पटक सरकारमा गए पनि पूर्व बालसैनिकलाई बेवास्ता गरेको भन्दै पेरिसडाँडास्थित तत्कालिन माओवादी कार्यालयमा केही समयअघि उनीहरुले शीर्ष नेताहरुलाई बन्दी बनाएका थिए । माओवादी लडाकुले जीवनयापन गर्न राज्यले निश्चित रकम दिनुपर्ने मागमा आन्दोलनमा छन् ।
तत्कालिन समयमा सेना समायोजनको क्रममा अयोग्य ठहर भएका ८ हजार बढी पूर्वमाओवादी लडाकुको सहज व्यावस्थापनको विषयमा बिष्टले कुरा उठाउँदै आएका छन् । नेकपाको दुई तिहाइको सरकार रहेको समयमा अन्तर्राष्ट्रिय रुपमा बालसैनिकको विषय उठ्ने डरले आफूलाई जान नदिएको उनले बताए ।
प्रकाशित समय : २१:४९ बजे



















