काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारलाई नेकपाको सिफारिस : निर्मला हत्याकाण्डका शंकास्पदलाई पक्राउ गर्नु

8.98K
shares

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकले निर्मला पन्तको बलात्कारपछि हत्याका सबै शंकास्पदमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

कञ्चनपुर घटनाका सम्बन्धमा छलफल तथा निर्णय लिन शनिबार आकस्मिक बैठक बोलाईएको थियो । उक्त बैठकले घटनाका शंकाको घेरामा रहेका सबैलाई अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

नेकपाको सचिवालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल सदस्य छन् । त्यसैगरी बामदेव गाैतम, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ तथा विष्णु पौडेल नेकपाको सचिवालय सदस्य छन् ।

त्यसैगरी सोही बैठकले घटनाका सम्बन्धमा अनुसन्धान गर्न तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गरी छानविन गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल एवं गृहमन्त्री थापासमेत सदस्य छन् ।