कञ्चनपुर घटनाबारे बल्ल बोल्यो प्रदेश सरकार
वि.सं.२०७५ भदौ ९ शनिवार २०:०२
shares

प्रदेश ७ को सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै प्रदर्शन भईरहेका बेला सन्नी खुनाको मृत्यु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिवार दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कञ्चनपुर घटनाबारे सरकार गम्भीर रहको बताए ।
‘केही दिनदेखि निर्मला पन्तको घटनाले प्रदेश नै अशान्त छ,’ शाहले भने, ‘समस्या समाधानका लागि केन्द्र सरकारसग समन्वय भईरहेको छ, चाडै सवै कुरा ठीक हुन्छ ।’ उनले घटनामा मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले उचित क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च व्यहोर्ने जानकारी दिए ।
दोषीलाई कारवाही र पिडितलाई न्याय दिने कुरामा सरकार दृढ रहेको भन्दै उनले घटनाको अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरे ।
कञ्चनपुर घटनाबारे शनिबार विहान प्रदेश ७ को आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुख समेत सहभगिता रहेको बताइएको छ ।
सो क्रममा कञ्चनपुर घटनाबारे गम्भीर छलफल भएको र नयाँ किसिमले घटनाको अनुसन्धान गर्न सुरक्षा अधिकारीलाई निर्देशनसमेत दिईएको बताइएको छ ।





















