global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मलाका बुबाआमा घर फर्किए

निर्मलाका बुबाआमा घर फर्किए

निर्मलाका बुबाआमा घर फर्किए

बलात्कारपछि हतया गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमा–बुबा काठमाडौंबाट कञ्चनपुर फर्किएका छन् ।  न्याय नपाएको भन्दै काठ्माडौं आएका निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी एक साता काठमाडौं बसेर कञ्चनपुर फर्किएका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटगरे लगत्तै उनीहरु घर फर्किएका हुन् । न्याय नपाएसम्म कञ्चनपुर नफर्किने उनीहरुको अडान थियो । तर, प्रधानमन्त्रीसँग भेट भएपछि घर  फर्किए ।

‘न्याय नपाएसम्म नफर्किने गरी काठमाडौं आएका थियौं, सरकारले छानबिनका लागि नयाँ समिति बनाएको छ, समितिले बोलाएकाले फर्किएका हौं’, निर्मलाका बुबा यज्ञराजले न्युजकारोबारसँग भने । काठमाडौंमा रहँदा प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर छोरीको हत्यारालाई पक्राउ गर्न माग गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले ‘निर्मला मेरो पनि छोरी हो’, भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने भेट्न पाएनन् । राष्ट्रपतिले व्यस्त रहेको भन्दै समय नदिएको गुनासो यज्ञराजले गरे ।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लाग्यो । दोषी पक्राउ परेको छैन । समितिमाथी समिति बनाइएको छ । तर, कुनै पनि समितिले सत्थतथ्य अहिलेसम्म ल्याउन सकिएको छैन । सरकारले बनाएको उच्चस्तरीय समितिले अनुसन्धान सकेर प्रतिवेदन बनाउने काम गरिरहेको छ ।

हत्या गर्ने व्यक्ति र प्रहरीले प्रमाण नष्ट गरेको निष्कर्ष समितिको छ । प्रहरीले भुलवश वा नियतवश प्रमाण नष्ट गरेको हो भन्नेमा समितिले निष्कर्ष निकाल्न नसकेको समितिका संयोजक हरिप्रसाद मैनालीले बताए ।

थप छानबिनका लागि डीआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति बनाइएको छ । समितिले निलम्बन गरिएको प्रहरी अधिकारीका विषमा समेत अनुसन्धान गरिरहेकोे छ ।

यो पनि पढ्नुस्

निर्मलाका बाबुअामाको प्रश्न- प्रधानमन्त्रीज्यू ! छोरीले कहिले न्याय पाउँछिन् ?

 

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु