global ime bank Long Banner Ad

गृहपृष्ठ लौहपुरुष गणेशमान सिंहको आज २१औँ स्मृति दिवस

लौहपुरुष गणेशमान सिंहको आज २१औँ स्मृति दिवस

लौहपुरुष गणेशमान सिंहको आज २१औँ स्मृति दिवस

लौहपुरुष गणेशमान सिंहको आज २१औँ स्मृति दिवस । नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरि मनाउँदैछ । २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको सम्झनामा गणेशमान सिंह फाउण्डेशनले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले सिंह प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने कुशल नेता रहेको बताए । एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन सिंहको महत्वूर्ण भूमिका रहेको सिंहको भनाइ छ ।

विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु