गृहपृष्ठ निर्मला हत्या प्रकरण : अनुसन्धान गर्न महिला प्रहरीको टोली खटाइयो
निर्मला हत्या प्रकरण : अनुसन्धान गर्न महिला प्रहरीको टोली खटाइयो
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरी टोलीलाई कञ्चनपुर पठाइएको छ ।
निर्मलाको हत्या भएको दुई महिनासम्म पनि दोषी पक्राउ नगरेको र प्रहरीले नै प्रमाण नष्ट गरेको आरोप लागिरहेको बेला प्रहरी प्रधान कार्यालयले एसपी सिंहको नेतृत्वमा महिला प्रहरी टोलीलाई कञ्चनपुर पठाएको हो ।
न्याय खोज्दै काठमाडौं आएका निर्मलाका आमा बुबा पनि कञ्चनपुर फर्किएका छन् । निर्मलका आमा बुबा घर फर्किए लगत्तै कार्यालयले एसपी सिंहलाई घटनाको समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउन खटाएको हो ।
यो पनि पढ्नुस्
निर्मलाका बुबाआमा न्याय नपाइ घर फर्किए
निर्मलाका बाबुअामाको प्रश्न- प्रधानमन्त्रीज्यू ! छोरीले कहिले न्याय पाउँछिन् ?
प्रकाशित समय : १७:०५ बजे



















