‘विप्लव’ समूहका १२ नेता र १ सय कार्यकर्ता पक्राउ
वि.सं.२०७५ भदौ १० आइतवार १४:५९
shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका १२ जना नेता र १ सय कार्यकर्ता पक्राउ परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले हालसम्म विभिन्न अभियोगमा विप्लव समुहका नेता कार्यकर्ता पक्राउ गरेको हो । भेटेसम्ममा अरु नेता कार्यकर्तालाई समेत पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायलाई निर्देशन दिएका छन् ।
पक्राउ परेका अधिकाश नेता कार्यकर्तालाई जबरजस्त चन्दा असुली मुद्दा लगाइएको छ । गृहमन्त्री थापाले चन्दा उठाएकै आरोपमा पूर्व सहकर्मी पक्राउ गरेको’ भन्दै आलोचना हुँदै आएको छ ।
३३ किलो सुनकाण्डमा ठूलो माछा पक्रने बताएपनि नसकेका गृहमन्त्री थापाले चन्दा असुलीको अभियोगमा भने केही ठुला माछा पक्राउ गरेका छन् ।
विप्लव समुहका ‘ठूला ‘माछा’ भनिने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, कष्ण धमला, पदम राई, ओमप्रकाश पुन लगायतलाई पक्राउ परेका छन् । ‘प्रकाण्ड’ विप्लप समुहका प्रबक्ता हुन भने अरु पोलिटव्युरो सदस्य हुन् । १२ जना नेता पक्राउ परेकामा, मेचीव्युरो इन्चार्ज सुमन लिम्वु, कोसी व्युरो इन्चार्ज किरण राई पनि छन् । उनीहरु केही महिनायता हिरासतमा छन् ।
सो समुहका केन्द्रीय सदस्यहरु दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसी, चन्द्रबहादुर खड्का पनि हिरासतमै छन् । सरकारले सो समुहका महासचिव भनिने विप्लवलाई समेत पक्राउ वारेन्ट जारी गरेको छ ।
यसबाहेक आफ्ना एक सय बढी कार्यकर्ता पक्राउ गरी बेपत्ता बनाएको सो समुहको भनाई छ । विप्लप समुहका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ले न्यूज कारोबारसंग भने,‘ हाम्रा एक सय बढी कार्यकर्ता पक्राउ गरिएको छ, तिनको अवस्था अज्ञात छ, द्वन्दकालमा जस्तै बेपत्ता बनाईएको छ ।’
त्यसै छाड्दैनौ : गृहमन्त्रालय
विप्लव समूहका अधिकांश नेता कायकर्तालाई जबरजस्ती चन्दा असुली, हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । प्रवक्ता प्रकाण्डलाई सुरुमा चन्दा असुली आरोप लगाइएपनि अदालतले पर्याप्त प्रमाण आभव भन्दै छाडिदियो । तर त्यसपछि २ पटक पक्राउ गरिएको छ ।
काभ्रेमा विष्फोेट गराइ शान्ति सुरक्षाामा खलल पु¥याएको भन्दै पक्राउ गरिएपनि अदालतले उम्काइदियो । फेरी तेस्रो पटक नुवाकोटको बम काण्डको आरोप लगाएर पक्राउ गरिएको छ ।
अरु नेता कार्यकर्ता पनि चन्दा असुली, ठगी, विस्फोटक पदार्थ विस्फोट, आगजनी, संगठित अपराध, सार्वजनिक अपराध जस्ता आरोपमा पाक्राउ गरेर मुद्दा चलाइएको गृहमन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले न्युज कारोबारसंग भने ‘चन्दा असुली तथा देशमा शान्ति सुरक्षा खल्बल्याउन खोजेकाले उजुरी तथा पर्याप्त प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो, कानुन बमाोजिम कारबाही हुन्छ, यत्तिकै छाड्न मिल्दैन ।’
प्रतिकार गर्ने चेतावनी
विप्लव समूहका नेताहरुले आफ्ना नेता कार्यकर्ता नछाडे हतियार उठाउने चेतावनी दिएका छन् । आफ्ना पार्टीका नेता कार्यकर्तालाई बिनाकारण पक्राउ गरिएको उनीहरुको आरोप छ ।
विप्लप समुहको सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ले आफुहरुको लडाई दलाल राज्य सत्तासँग भएको बताए ।
‘पछिल्लो समय हाम्रा नेता कार्यकर्तामाथि धरपकड मच्चाँएर ओली सरकारले आफ्नो चरित्र पर्दाफास गरेको छ, हामीलाई कि गर कि मर भन्ने मनस्थिति दिलाएर मैदानमा उतारेको छ’ उनले भने, ‘शान्तिपुर्ण आन्दोलन गर्न दिदँैन भने थप विकल्प खोज्छौ ।’ तत्कालै बन्दुक उठाउने मनस्थितिमा भने आफुहरु नरहेको भन्दै उनले सरकार बन्दुकनै लिएर आए पछि नहट्ने बताए ।






















