global ime bank Long Banner Ad

गृहपृष्ठ तीजको दर खाँदा बनेपामा दर्जनौं बिरामी, बिरामीमध्ये बालबालिका बढी सिकिस्त

तीजको दर खाँदा बनेपामा दर्जनौं बिरामी, बिरामीमध्ये बालबालिका बढी सिकिस्त

तीजको दर खाँदा बनेपामा दर्जनौं बिरामी, बिरामीमध्ये बालबालिका बढी सिकिस्त

 

पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि. ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।

बिरामीको संख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सको टोलीलाई आग्रह गरिसकिएको उनको भनाइ छ । रासस ।

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु