global ime bank Long Banner Ad

गृहपृष्ठ टुर गाइडको बढेको ४० प्रतिशत ज्याला असोज १ देखि लागू नभए प्रतिवाद गर्ने युनिट्राभको चेतावनी

टुर गाइडको बढेको ४० प्रतिशत ज्याला असोज १ देखि लागू नभए प्रतिवाद गर्ने युनिट्राभको चेतावनी

टुर गाइडको बढेको ४० प्रतिशत ज्याला असोज १ देखि लागू नभए प्रतिवाद गर्ने युनिट्राभको चेतावनी

 

पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एयरलाइन्स-संस्कृत-पुरातात्विक-कुरियर-कार्गाे-कर्मचारी-मजदुर युनियन (युनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरुलाई शर्कुलर गरेको छ ।

खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडलाई निर्देशन दिएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै युनिट्राभले गाइडहरुको खाईपाई आएको ज्याला÷पारिश्रमिकमा ४० प्रतिशत वृद्धि गरी श्रमिकहरुलाई सोहि अनुरुप उपलब्ध गराउन पनि भनेको छ ।

युनिट्राभले २०७४ माघ १२ गते पर्यटन संस्था नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)समक्ष चार सुत्रीय माग राखी ज्ञापनपत्र बुझाएको र त्यसको हालसम्म पनि सुनुवाई नभएकामा आपति जनाउँदै उक्त शर्कुलर गरेको जनाएको छ । टुर गाइडको ज्याला ४० प्रतिशत वृद्धि गर्नुपर्ने, फर्जि टुर गाइडको छानबिन हुनुपर्ने, दुर्घटना बीमा÷मेडिकल बीमा हुनुपर्ने, श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन लगायत विषयमा हालसम्म कुनै सुनुवाइ नभएको भन्दै युनिट्राभअन्तर्गतका श्रमिकहरु आक्रोशित छन् ।

त्यस्तै नेपाल सरकार पर्यटन विभागले पनि आधिकारिक ट्रेड युनियन संगठनहरुसँग वार्ता नगरी गैर ट्रेड यूनियनसँग वार्ता र सम्वाद गरेकोमा संगठनको ध्यानाकर्षण भएको युनिट्राभले जनाएको छ ।

‘नेपाल सरकार पर्यटन विभाग, श्रम विभाग, नाट्टा लगायत सरोकार सबै पक्षसँग समस्या समाधानको पहल गर्न अनुरोध गरेपनि टुर गाइडको पक्षमा कुनै आवाज नउठाइएपछि बाध्य भएर असोज १ देखि टुर गाइडले ज्यालामा ४० प्रतिशत वृद्धिको घोषणा गरिएको र सोहि अनुसार लिन टुर गाइडलाई आग्रह गर्दछौं । सोहि अनुसार दिन व्यवसायीलाई पनि आग्रह गर्दछौं । यदि उक्त रकम नबढाइएमा बाध्य भएर सबै टुर गाइडले प्रतिवाद गर्नेछन् र वृद्धि भएको रकम लिन र नपाए प्रतिवादका लागि तयार रहन टुर गाइडलाई निर्देशन गर्दछौं,’ युनिट्राभद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु