काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हराएको हेलिकप्टर धादिङमा दुर्घटना

8.94K
shares

गोर्खाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त भएको छ । गोर्खाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर धदिङको रि गाउँमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

पाइलटसहित १ जापानी र ५ जना नेपाली जना यात्रु बोकेर काठमाडौं आउँदै गरेको हेलिकप्टर शनिबार विहानबाट सम्पर्कविहीन भएको थियो । क्याप्टेन निश्चल केसीले उडाएको भनिएको उक्त विमान रेस्क्युका लागि टोली पठाइएको छ ।

यसअघि नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको प्रारम्भिक सूचना प्राप्त भए पनि पछिल्लो सूचना अनुसार धादिङको सामा गाउँपालिकामा दुर्घटनाग्रस्त भएको हो । तर, दुर्घटना भएको खबर आएपनि हेलिकप्टर फेला नपरेको समाचारमा जनाइएको छ ।