काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘बलात्कारीलाई ज्वाइँ पालेजसरी नपालौं, फाँसीमा झुन्ड्याऔं’

8.07K
shares

अधिकारकर्मीहरुले जस्तै सांसदहरुले पनि बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेशका सांसद राजीव पहारीले कानुन संशोधन गरेर भए पनि बलात्कारसहितका जघन्य अपराध गर्नेलाई फाँसीको सजाय हुनुपर्ने बताएका हुन् ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा सांसद पहारीले कानुन संशोधन गरेर भए पनि जघन्य अपराध गर्ने जोकोहीलाई फाँसीको सजाय गर्नुपर्ने बताए । ‘देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेका छन्, यस्ता घटना अन्त्य गर्न अपराधीलाई ज्वाइँ पालेसरी पाल्ने होइन, फाँसीको सजाय दिनुपर्छ,’ उनले भने ।