गृहपृष्ठ सिन्धुपाल्चोकमा ५५ वर्षीया महिलाको हत्या
सिन्धुपाल्चोकमा ५५ वर्षीया महिलाको हत्या
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ ।
हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।
(रासस)
प्रकाशित समय : १९:२८ बजे



















