संसदको समिति सभापतिको मनोनयन दर्ता आज (उम्मेदवारको सूचीसहित)
वि.सं.२०७५ असोज ४ बिहीवार १६:४०
shares

संघीय संसद अन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । उम्मेदवारको अन्तिम सूची साँझ नै प्रकाशित गरिने छ ।
प्रस्तावक र समर्थकसहित सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु पर्नेछ । सभापतिको लागि एक जनाको मात्र मनोनयन परेमा निर्वारोध हुने र एक भन्दा बढी मनोनयन भएमा निर्वाचन प्रक्रियाबाट सभापति चयन गरिने छ । १० वटा समिति मध्ये ९ वटामा सत्तारुढ दलले मनोनयन गर्ने तयारी छ ।
नियम अनुसार सार्वजनिक लेखा समिति प्रतिपक्षी दलले पाउने भएकाले त्यसमा नेकपाले मनोनयन नगर्ने भएको छ । प्रतिपक्ष कांग्रेसले लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरेको छैन । नेकपाले सत्ता गठबन्धनमा रहेको संघीय फोरमलाई एउटा समिति दिने भएको छ । अन्य आठमा आफूले उठाउने तयारी गरेको छ । नेकपाले सभापतिको नाम तय गरिसकेको छ ।
नेकपा र फोरमको उम्मेदवारको सूची
अर्थ समिति – कृष्णप्रसाद दाहाल (नेकपा)
राज्य व्यवस्था तथा सुशासन समिति – शशी श्रेष्ठ (नेकपा)
अन्तराष्ट्रिय सम्बन्ध समिति– पवित्रा निरौला खरेल (नेकपा)
कानुन न्याय तथा मानव अधिकार समिति – कृष्णभक्त पोखरेल (नेकपा)
सहकारी तथा प्राकृतिक स्रोत समिति– पूर्णकुमारी सुवेदी– (नेकपा)
महिला तथा सामाजिक समिति– निरुदेवी पाल (नेकपा)
शिक्षा तथा स्वास्थ्य समिति – जयपुरी घर्ती (नेकपा)
विकास तथा प्रविधि समिति– कल्याणी खड्का (नेकपा)
उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति – विमल श्रीवास्ताव (संघीय फोरम)
























