रौतहटमा दिनदहाडै २ लाख ९० हजार लुटपाट
वि.सं.२०७५ असोज ४ बिहीवार २३:०२
shares

रौतहटमा दुई व्यक्तिको साथबाट २ लाख ९० हजार लुटिएको छ । मोटरसाइकलमा कटहरीयाबाट गौर आउँदै गरेका विनयकुमार यादव र रंजित मिश्रको साथबाट २ लाख ९० हजार लुटिएको रौतहट प्रहरीले जनाएको छ ।
व्यापारको पैसा संकलन गरेर फर्किदै गर्दा लुटेरहरुले उनीहरुको साथमा रहेको रकम लुटेका हुन् । लुटपाटका विषयमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

























