global ime bank Long Banner Ad

गृहपृष्ठ बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानुन निर्माण

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानुन निर्माण

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानुन निर्माण

भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिइसकेको छ । आठौँ नगरसभामा पुस २८ गते विधेयक पेश गरिएको थियो ।

शुक्रबार विधेयकमाथि दफावार छलफल भएर पारित गरिएको नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले बताए । ‘अब महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि चाहिने कानुन नै बनेको छ, त्यसका आधारमा शिक्षालय स्थापना र सञ्चालन प्रक्रिया अघि बढ्छ,’ उनले भने । नगरसभाबाट शिक्षालय सञ्चालनसहित अन्य विधेयक पनि पारित भएका छन । भीमदत्त नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन विधेयक–२०७७, लेखा समिति गठन तथा सञ्चालन नियमावली–२०७७, वन ऐन–२०७७ र विधायन समिति गठन तथा सञ्चालन विधेयक–२०७७ पारित गरिएको छ ।

यसैगरी नगरसभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६ पहिलो संशोधन गरिएको छ । नगर प्रवक्ता चन्दले नगरसभामा पेश गरिएका विषयगत समितिका प्रतिवेदन पनि पारित गरिएको बताए । भीमदत्तको पुससम्मको प्रगति प्रतिवेदनसमेत पारित पारित गरिएको छ । (रासस)

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु