महोत्तरीमा ५० जना एचआइभी संक्रमित
वि.सं.२०७५ मंसिर १८ मंगलवार १६:२०
shares

महोत्तरीमा एचआइभी संक्रमितको संख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघले संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो ।
सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा संक्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए ।
सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका थिए । संक्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरु संक्रमित भएको पाइएको छ । संक्रमितमध्ये पाँच बालबालिका छन् ।
यसैबीच, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।(रासस)
























