काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भालुको आक्रमणबाट बाजुरामा दुई जना घाइते

7.64K
shares

भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् ।

आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट छ । मंगलबार बिहान गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो ।

घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।(रासस)