कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरले दियो ५ थान एसी
वि.सं.२०७५ मंसिर १८ मंगलवार २२:५८
shares

विराटनगरस्थित कोशी अन्चल अस्पतालमा एसीको अभावमा प्रसुति सेवा प्रभावित भएपछि विराटनगर महानरपालिकाले ५ थान एसी अस्पताललाई सहयोग गरेको छ । महानगरपालिकाले ३ लाख ५० हजार मूल्य बराबरको ए.सी .अस्पताललाई हस्तान्तरण गरेको हो ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. रोशन पोखरेललाई अस्पताललाई आवश्यक पर्ने ५ थान एसी हस्तान्तरण गरेका हुन् । मेसु पोखरेलले अस्पतालको बच्चा वार्ड तथा लेबर रुममा एसी नभएकाले प्रसुति गराउन आएका महिलाहरुलाई समस्या हुने गरेको बताएपछि महानगरले एसीको व्यवस्था गरेको प्रमुख पराजुलीले जानकारी दिए ।
उनले थप २ वटा एसी महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । यसैगरी महानगरले कोशी अञ्चल अस्पतालको ढल व्यवस्थापनका लागि १० लाख रुपैयाँ छुट्टयाइसकेको उनले जानकारी दिए । एसी अस्तान्तरण कार्यक्रममा महानगर प्रमुख पराजुली र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले प्रसुती तथा बच्चा वार्डको अनुगमन गरेका थिए ।
























