काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

समाचार प्रभाव : किसानको पैसा फिर्ता गर्न मेयरको निर्देशन

6.08K
shares

धनुषास्थित सबैला नगरपालिकामा गहुँको मूल्यमा अनियमितता भएको खुलासा भएपछि नगरप्रमुख विजयसंंकर प्रसाद साहले रकम फिर्ता गर्न निर्देशन दिएका छन् । सम्पूर्ण वडा अध्यक्षहरुलाइ बोलाएर नगरपालिकाको निर्देशन विपरित लिएको रकम फिर्ता गर्न प्रमुख साहले निर्देशन दिएका हुन् ।

किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएको सबैला नगरपालिकाले एक हजार ४ सयको दरले ४० किलोको बोरा किसानलाइ बिक्री गर्न भने पनि वाडा नम्बर १, २, ३, ६, १० र ११ मा प्रति बोरा थप २ सय बढी असुली गरेको पाइएको थियो । नगरपालिकाले ७६ रुपैया प्रति किलो खरिद गरेको गहुँ किसानलाइ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानपश्चात ४० किलो गहुँको बोरालाई ३५ रुपैयाँ किलोका दरले प्रति बोरा एक हजार ४ सयमा बेच्न निर्देशन दिएकामा वाडा अध्यक्षले आफूखुशी मनपर्दी बेचेको स्थानीयको गुनासो न्युज कारोबार डटकमले प्रकाशित गरेको थियो । त्यसपछि मंगलबार बेलुका नै बढी लिएको रकम फिर्ता गर्न निर्देशन गरिएको साहले न्युज कारोबारलाई जानकारी दिए ।

नगरपालिकाले एक हजार ६ सय बोरा अर्थात ६ टन ४ क्विन्टल गहुँ खरिद गरी किसानलाइ अनुदानमा बिक्री गरिएको छ । यता, वडा नम्बर-१ का अध्यक्ष पारस साहले आफूहरुलाई एक हजार ४ सयमै नगरपालिकाले बेच्न भने पनि लोड अनलोड र ओसारपसारमा लागेको खर्च कसले व्यवहोर्ने स्पष्ट नभएर गल्ती भएको स्वीकार्दै आफ्नो वडा लगायत केही वडाले बढी लिएको रकम किसानलाइ फिर्ता गर्ने बताएका छन् । वडा-१ मा एक सय पन्ध्र बोरा गहुँको बीउ बिक्री गरिएको छ ।