काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फ्रान्सद्वारा इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

6.02K
shares

फ्रान्सद्वारा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार बताएका छन् ।

फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पँहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेको प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि सरकारले आगामी ६ महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो ।

इन्धनमा बढाएको करका कारण मुलुकको एकतालाई खतरामा पार्न सक्दैन, प्रधानमन्त्री फिलिपले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताए । उनले भने, ‘इन्धनमा गरेको मूल्यवृद्धिको विरोधले सडकमा गम्भीर समस्या उब्जाएको छ र कसैको स्वार्थका लागि भएको प्रदर्शनले नागरिकहरूको ससम्मान बाँच्न र हिडडुल गर्न पाउने अधिकारलाई अन्यायपूर्ण रूपमा बञ्चित गरेको देखियो, तत्कालका लागि निर्णय स्थगित भएको जानकारी यसै सम्बोधनमार्फत गराउन चाहन्छु ।’

उनले भने, ‘आगामी दिनमा गरिने आन्दोलनलाई पहिल्यै घोषणा गर्ने र प्रदर्शनलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई आग्रह गरिन्छ ।’

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको थियो भने सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेका थिए ।

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएका थिए । राष्ट्रपतिले आफूलाई हिंसा कदापि मान्य नहुने बताएका थिए । राष्ट्रपतिले दुई दिन पहिले अर्जेन्टिनामा पत्रकारसँगको कुराकानीमा कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न नसक्ने बताएका थिए ।
एएफपी/रासस