काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सङ्कटाद्वारा पुलिस पराजित

10.79K
shares

नेपाल पुलिस क्लबलाई पराजित गर्दै सङ्कटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सङ्कटा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

पुलिस क्लबविरुद्ध खेलको २९ औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेडमार्फत गोल गर्दै सङ्कटालाई शुरुआती अग्रता दिलाए । खेलको ३७औं मिनेटमा दिपेश आलेमगरले गोल गरेपछि सङ्कटाले २-० को अग्रता बनायो । तर, खेलको ३९औं मिनेटमा रवी पासवानले गोल गर्दै पुलिस क्लबलाई २-१ को स्थितिमा ल्याए ।

पहिलो हाफमा २-१ गोलमा सकिएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन र सङ्कटाले खेल आफ्नो पक्षमा पार्यो । खेलमा सङ्कटाका सरोज दाहाल म्यान अफ दि म्याच घोषित हुँदै १० हजार प्राप्त गरे ।

सङ्कटाको यो पाँचौ जित हो । जितसँगै सङ्कटाले छ खेलबाट १५ अङ्क जोड्दै शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अङ्क बराबर गरेको छ । मनाङले भने पाँच खेल मात्र खेलेको छ । लिगमा १० अङ्क जोडेको पुलिस क्लब पाँचौ स्थानमा छ ।

छैटौं चरणका खेलअन्तर्गत बुधबार तीन खेल हुनेछन् । पहिलो खेल मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच, दोस्रो च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच तेस्रो खेल हुनेछ ।
रासस