काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते

6.19K
shares

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मंगलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए ।

बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।(रासस)