बुद्धोदयको १० औं साभारणसभा सम्पन्न
वि.सं.२०७५ मंसिर १९ बुधवार २१:३६
shares

विराटनगर-३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाकाम अबसरमा सहकारीले ज्येष्ठ सदस्य, नियमित बचतकर्ता, अशल ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ ।
सो अवसरमा बुद्धोदय उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विक्रम निरौलालाई पुरस्कृत गरिएको छ । त्यस्तै साधारणसभाका अबसरमा आयोजित विभिन्न खेलकुद खेलकुद प्रतियोगिताका विजयीलाई समेत पुरस्कृत गरियो ।
पुरस्कृत सबैलाई विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, सहकारीका अध्यक्ष गोविन्दप्रसाद दाहाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अबसरमा विराटनगर पराजुलीले सहकारीका सदस्यहरुलाई ऋण प्राप्त गर्न व्याजमा सरलिकृत गर्न महानगरले नयाँ सहकारी निति ल्याउन लागेको जानकारी दिए ।
























