पोखरामा चाइनिज समुहद्वारा निःशुल्क स्वास्थ्य शिविर
वि.सं.२०७५ मंसिर १९ बुधवार २३:४०
shares

चीनको एक समूहले बुधबार पोखरामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ३ सय जना लाभान्वित भएका छन् । चीन सरकारको सहयोगमा लिक्सियोको नेतृत्वमा नेपाल आएको चिकित्सक सहितको एक टोलीले बुधबार निमार्णाधीन अवस्थामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ३ सय जना लाभान्वित भएको सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईले बताए ।
कम्पनीमा कार्यरत कर्मचारी तथा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको हो । नाक, कान, घाँटी, छाती, दाँत सम्बन्धी चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए भने इसिजी र भिडियो एक्स-रे समेतको सेवा उपलब्ध भएको थियो । सन् १९९९ बाट नेपालमा चीन सरकारबाट नेपालका विभिन्न ठाँउमा निःशुल्क स्वास्थ्य परीक्षण गराउँदै आउने क्रममा बुधबार पोखरामा ११ औं संस्करण भएको स्वास्थ्य शिविर भएको टोलीमा सहभागि लिक्सियोले जनाए ।
























