गृहपृष्ठ निर्मलाको लागि न्याय माग्दै माइतीघर मण्डलामा धर्ना (फोटो फिचर)
निर्मलाको लागि न्याय माग्दै माइतीघर मण्डलामा धर्ना (फोटो फिचर)
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा विवेकशील साझा पार्टीले धर्ना दिएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा पनि हत्यारा पक्राउ नगरेको भन्दै विवेकशीलले धर्ना दिएको हो । चार महिनासम्म पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै धर्नामा सहभागीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् । विवेकशीलका नेता कार्यकर्ताले सरकारलाई दवाव दिन नाटक समेत देखाएका थिए । धर्नामा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायतको सहभागिता थियो । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।










तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : २३:५२ बजे


















