काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पाउलान् त फ्रान्समा नेपालीले रोजगारी ?

5.58K
shares

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले फ्रान्समा नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न आग्रह गरेका छन् । मन्त्री विष्टले नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेरसँगको भेटका क्रममा नेपाली युवा खाडी र धेरै युरोपेली मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका हुन् ।

नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा श्रममन्त्री विष्ट र राजदूत लेजेरबीच छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । शिष्टाचार भेटका क्रममा नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ विस्तार गर्न आफू प्रतिबद्ध रहेको मन्त्री विष्टले उल्लेख गरेका थिए । नेपालमा २०७२ सालमा आएको विनासकारी भूकम्पका बेला फ्रान्स सरकारले पुर्याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति मन्त्री विष्टले धन्यवाद व्यक्त गरे ।

 

राजदूतको चासो लगानी

राजदूत फ्रान्कोसीले भने मन्त्री विष्टसँग नेपालको लगानीको क्षेत्र र आवश्यकताबारे चासो राखेका छन् । नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुसी व्यक्त गर्दै उनले फ्रेन्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेकोबारे मन्त्री विष्टसँग जानकारी माग गरेका छन् । नेपालको आवश्यकताअनुसार फ्रान्सले लगानी गर्न चाहिरहेकाले पहिला क्षेत्र पहिचान गर्न जरूरी रहेको राजदूत लेजेरको भनाइ छ ।