काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालको जलविद्युतमा लगानी गर्न चाहन्छ भियतनाम

7.83K
shares

भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाएका छन् । भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा भियतनामी लगानीकर्ताले नेपालको जलविद्युत् क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै ठूला जलविद्युत् परियोजना निर्माणमा चासो व्यक्त गरेको चेम्बरले जनाएको छ ।

प्रतिनिधि मण्डल र भियतनामको होचिमिंह सहरका निर्देशक तथा परराष्ट्र मामलासम्बन्धी प्रमुख माइ अन्ह थाइबीच बिहीबार भएको भेटमा पनि पर्यटन विकास, पूर्वाधार विकास, बैंकिङ सहकार्य तथा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदानलगायत विषयमा छलफल भएको छ । भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र भियतनामबीचको सम्बन्ध र दुईपक्षीय व्यापारको विषयमा धारणा राखेका थिए । नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्न भन्दै चेम्बर प्रतिनिधि मण्डल साताव्यापी थाइल्यान्ड र भियतनाम भ्रमणमा छ ।