डुंगा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु
वि.सं.२०७५ पुस ६ शुक्रवार १२:५२
shares

स्पेनको दक्षिणी क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
दुर्घटनामा परेको डुंगाबाट झण्डै ३० जनालाई जीवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिनसम्म खोजी कार्य चलाइएको थियो । ‘दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जीवितै भेटिएका छन्, जीवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्,’ एक उद्धारकर्मीले भने ।
दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ । उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउँदै थिए । मृत्यु भएका ध्ये दश जना पुरुष र दुई जना महिला छन् । एकजना महिला गर्भवती रहेको जनाइएको छ । (रासस)
























