काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वेष्ट इन्डिजविरुद्ध बंगलादेशको सनसनीपूर्ण जित

6.94K
shares

वेष्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट खेलमा बंगलादेशले सनसनीपूर्ण जित निकालेको छ । ढाकामा बिहीबार राति भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ३६ रनले पराजित गरेको हो ।

जितसँगै तीन खेलको सिरिज बंगलादेशले एक/एकको बराबरीमा पुर्याएको छ । बंगलादेशले विस्फोटक ब्याटिङ गरेपछि २१२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वेष्ट इन्डिज १९.२ ओभरमा सबै विकेटको गुमाउँदै १७५ रनमा सीमित भयो । वेष्ट इन्डिजका लागि रोभम्यान पावेलले ५० तथा साई होपले ३६ रन बनाए ।

बलिङतर्फ बंगलादेशका कप्तान सकिब अल हसनले पाँच विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा चार विकेटको क्षतिमा २११ रन बनाएको थियो । बंगलादेशका लागि लिटोन दासले ६०, मोहमद महमुदउल्लाले अविजित ४३ र सकिब अल हसनले अविजीत ४२ रन बनाएका थिए ।