काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस विधानमा सहमति, सहमहामन्त्री सात जना

6.68K
shares

नेपाली कांग्रेसमा पदाधिकारी संख्या १३ पुर्याउने गरी नेताहरुबीच सहमति जुटेको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या सात पुर्याउने सहमति गरेपछि महासमिति बैठक सुरु भएको छ ।

सहमतिअनुसार १३ पदाधिकारीमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन् । उपसभापति र महामन्त्री दुई÷दुई जना रहनेछन् । समावेशिताका आधारमा महामन्त्री सातजना रहनेछन् । पार्टीमा सात जातीय क्लस्टर छन् । ‘बै जातिको प्रतिनिधित्व हुने गरी सात सहमहामन्त्री थप्ने र कोषाध्यक्षबाहेक सबैको निर्वाचन गर्ने सहमति भएको केन्द्रीय सदस्य गुरु घिमिरेले जानकारी दिए ।

यसअघि, सभापति शेरबहादुर देउवा पूर्वसहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवादले महासमिति बैठक अगाडि बढ्न सकेको थिएन । कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न तयार भएका देउवा फेरी युटर्न भएका थिए । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एक उपसभापति र एक महामन्त्री मनोनित गर्नुपर्ने प्रस्ताव राखेपछि विवाद बढेको थियो ।