काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अमेरिकाले अफगानिस्तानबाट आधा सैनिक फर्काउने

8.83K
shares

ट्रम्प प्रशासनले अफगानिस्तानबाट आधा अमेरिकी सैनिक फिर्ता बोलाउने तयारी गरिरहेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकाले अफगानिस्तानबाट ७,००० अमेरिकी सैनिक फिर्ता बोलाउने तयरी गरेको छ ।

हाल अफगानिस्तानमा १४,००० अमेरिकी सैनिक तैनाथ छन् । त्यसमध्ये आधा सैनिक फिर्ता बोलाउने अमेरिकाको तयारी रहेको ती सञ्चारमाध्यमले जनाएका छन् ।

हाल अफगानिस्तानमा तैनाथ सैनिकले अफगानी फौजलाई ट्रेनिङ दिने देखि आइएसआइएस तथा अल कायदा जस्ता ‘आतंकवादी’ संगठनविरुद्ध अभियान चलाइरहेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकी रक्षा अधिकारीले यसको जानकारी दिएका हुन् । न्युयोर्क टाइम्सका अनुसार एक अमेरिकी रक्षा अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय गर्दा नै अफगानिस्तानबाट पनि सैनिक फिर्ता बोलाउने निर्णय गरेका थिए ।

कतिपयले अफगानिस्तानबाट झण्डै आधा सैनिक फिर्ता बोलाउने निर्णयलाई त्यस्तो महत्वपूर्ण निर्णय मानेका छन् जसले विगत १७ वर्षदेखि अफगानिस्तानमा चलिरहेको युद्ध समाप्त गर्न सक्छ । तर, अमेरिकी रक्षा अधिकारीले भने अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउनुको उद्देश्य उ आफ्नै सैनिकमा बढी निर्भर हुन सकोस र पश्चिमा सहयोगप्रति उसको निर्भरता घटोस् भन्ने रहेको बताएका छन् ।

अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने अमेरिकाको निर्णयसँगै आइएसआइएस, अलकायदा तथा तालिबान जस्ता ‘आतंकवादी’ संगठनसँग लड्न अफगान सैनिक कत्तिको सक्षम छन् ? भन्ने कोणबाट पनि विश्लेषण भएको छ । जबकी सन् २०१४ मा अमेरिकी फौजले प्रत्यक्ष रुपमा सैन्य अभियानमा भाग लिन बन्द गरिदिएका थिए । त्यसयता २५,००० अफगानी सैनिकले ज्यान गुमाइसकेका छन् ।