गृहपृष्ठ नुएन फु ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको प्रमुखमा पुन: निर्वाचित
नुएन फु ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको प्रमुखमा पुन: निर्वाचित
भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उनी भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन् । भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि सुरु भएको थियो ।
यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ । भियतनाम कम्युनिष्ट पार्टीको नेसनल कंग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन् । ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहेका साथै पोलिटब्युरोको अध्यक्षसमेत हुन् ।
प्रकाशित समय : २१:०३ बजे


















