global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड

सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड

सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड

सुनचाँदी तथा कला व्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले यस्ता गरगहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सिर्जना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका हुन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आइतबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको प्रचुर सम्भाव्यता औंल्याउँदै त्यसबाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए । नेपाल सनुचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा नेपालले धेरै फाइदा लिनसक्ने बताए । अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वेलरी काउन्सिलको महत्वका बारेमा प्रकाश पार्दै व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभूषण महासंघजस्ता एउटै प्रकृतिका संघसंस्थारुले आपसमा सहकार्य गरेर व्यवसाय प्रवर्द्धन गर्नसक्ने धारणा राखे ।

हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले नेपाली हस्तकलाको महत्व र सम्भाव्यताका बारेमा प्रकाश पारेका थिए । विश्व बजारमा नेपाली हस्तकलामा सामग्रीको माग अत्याधिक रहेको उल्लेख गर्दै उनले हस्तकलाका सामग्री र मौलिक गरगहनाको निर्यातबाट व्यवसायीलाई मात्र नभई सिंगो राष्ट्रलाई नै सम्मान पुग्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरुले नेपाली मौलिक गरगहना र तिनको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : ००:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु