काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बलीप्रथाको विरोधमा कविता

9.36K
shares

सात्विक वृत्ति ह्रास हुँदा चञ्चल भयो कली,
तामस वृत्ति खास हुँदा मञ्चन भयो बली
नीति भन्छ नैतिकता कम्पन अलि अलि,
साधुलाई सुलीपछि चोरकै ढलीमली । – कृष्ण पहाडी)

मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित ७२ औं शान्ति काव्य प्रवाह, आसन्न विभिन्न चाडपर्वको सन्दर्भमा सबैलाई शुभकामना व्यक्त गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भयो ।

महँगीले ढाड भाँचिरहेको र न्यायका लागि छट्पटाइरहनुपरेको वर्तमान अवस्था पीडादायी भएको भावना कवितामा प्रतिविम्बन भएको थियो ।

सामाजिक न्यायका पक्षमा पनि कविता घन्किएको थियो :
तिम्रा मन्दिरमा अजात सुनको घण्टा बजेको थियो,
मैले शिल्प भरेर प्राण नदिए के बल्छ तिम्रो दियो ? – कल्पना काफ्ले)

काव्य प्रवाहमा अहिंशात्मक संस्कृतिलाई बढावा दिन र बलीप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ कविले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गरेका थिए ।

रामबहादुर पहाडी, अतृप्त पाण्डेय, आनन्दराम पौडेल, रत्ननिधि शुक्राचार्य, बाबुराम लामिछाने, डा. बमबहादुर जिताली, विजयध्वज थापा, भुवन शिवाकोटी, प्रकाशमणि दाहाल, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, पुन्य विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, निर्मल पराजुली, रवीन्द्र आशिष शैली, वैरागी जेठा, विष्णुबाबु देवकोटा, बादल घिमिरे, जनार्दन धड्कन, मेनका पोख्रेल, ऋचा, मञ्जुश्री प्रधान, प्रीति कौर, उर्मिला पाण्डेय, शर्मिला कार्की, रश्मि रिमाललगायतले रचना प्रस्तुत गरेका थिए । रासस ।