काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पाकिस्तानमा एक घर भत्किँदा आठ बालबालिकाको मृत्यु

8.29K
shares

पाकिस्तानमा बिहीबार भएको एक घटनामा परी कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ ।पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा एउटा घर भत्केर पुरेपछि उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनामा परी अन्य चार बालबालिका घाइतेसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

संवाददाताहरुका अनुसार मृत्यु भएका र घाइते भएका ती बालबालिकाहरु भत्किएको घर नजिकै खेलिरहेका थिए ।

घर भत्किएलगत्तै स्थानीय बासिन्दाले उनीहरूलाई बाहिर निकालेका थिए । उद्धार कार्यमा सरकारी उद्धारकर्ताहरू पुग्न सकेका थिएनन् ।

घटनामा परेका सवैलाई स्थानीयबासिन्दाले तत्काल स्थानीय अस्पतालमा पु¥याएका थिए । ती मध्ये आठ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृत्यु भएका मध्ये छ जना बालक रहेका छन् भने दुई जना बालिका छन् । उनीहरु सवै १२ बर्ष भन्दा कम उमेरका भएको समाचारमा जनाइएको छ ।

घटनामा परी घाइते भएकाहरुको अहिले पनि उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । सिन्ध प्रान्तका मुख्य मन्त्री सिद मुराद अलि शाहले घाइतेहरुलाई पर्र्याप्त स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिएका छन् । रासस ।