काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अफगानिस्तान प्रिमियर लिगको डेब्यु खेलमै सन्दीपको २ विकेट

12.6K
shares

अफगानिस्तान प्रिमियर लिगको डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

पाक्टिया प्यान्थरविरुद्धको खेलमा नानग्राहर लियोपार्डका लागि सन्दीपले ४ ओभरमा २३ रन खर्चेदै महत्वपूर्ण दुई विकेट लिए । उनले टिमको हार टार्न भने सकेनन् ।

नानग्राहरको इनिङमा उनले ९औं ओभरको चौथो र छैटौं बलमा विकेट लिएका हुन् । सन्दीपले जिम्बाब्वेका सिकन्दर राजालाई खाता खोल्न नदिई पभेलिएन फर्काए भने क्यारुन डोलपोर्टलाई ६ रनमै रोके । उनले ब्याटिङमा भने रन बटुल्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको उनको टोली नानग्राहरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर मात्र १२६ रन जोड्न सक्यो । नानग्राहरलाई सस्तैमा समेट्न जियाउर रहमानले ३ तथा शाहिद अफ्रिदीले २ विकेट लिए ।

१२७ रनको लक्ष्य पाक्टियाले १४ दशमलव चार ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । कप्तान मोहम्मद साहजादले सर्वाधिक ७८ रन जोडे । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै इन्साउल्लाहले पनि २५ रनको योगदान गरे ।