विरोधका बीच जनकपुरको राजदेवी मन्दिरमा १० हजार बोकाबली दिइँदै
वि.सं.२०७५ असोज ३१ बुधवार १९:२०
shares

जनकपुरको प्रसिद्ध माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष चढाउँदै आएको बोकाबली अष्टमी तिथि बुधबार साँझ ६:३० बजेदेखि सुरु हुने भएको छ । राममन्दिरमा आरती पूजा सम्पन्न भएपछि राजदेविमा बली दिन सुरु हुने आयोजकले जनाएको छ । बोकाबलीका लागि १० हजारभन्दा बढी रसिद काटिएको गुठी संस्थानले जनाएको छ ।
जनकपुरका विभिन्न धार्मिक संघसस्थाले बोकाबलीको विरोध गर्दै आएका छन् । गत वर्ष राजदेवी मन्दिरमा १७ हजारसम्म बली दिइएको थियो ।

























