काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुरमा ग्यास सिलिन्डर विस्फोट, एकको मृत्यु, दुई  घाइते

9.47K
shares

जनकपुरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी दुर्इजना घाइते भएका छन् ।

घाइते भएका २ जनामध्ये एकको अवस्था चिन्ताजनक रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको  छ । शुक्रबार बेलुका जनकपुरधाम–७ मा पर्ने पुरानो बसपार्कस्थित एक ग्यास वेल्डिङ पसलमा ग्यास सिलिन्डर विस्फोट भएको हो ।

विस्फोटमा परी जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने अन्दाजी ४७ वर्षका प्रमोद साह कसेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ग्यास वेल्डिङ गर्ने सिलिन्डर विस्फोटमा भारत घर भएका र हाल जनकपुरधाममा रिक्सा चलाउँदै आएका ३५ वर्षीय राजु गुप्ता गम्भी घाइते भएका छन् ।

मुख  र  खुट्टामा गम्भीर चोट लागेका गुप्तालार्इ जनकपुरमा उपचार सम्भव नभएपछि प्राथमिक उपचार गरी बाहिर पठाइएको छ । विस्फोटमै परी घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने १२ वर्षीय रोहनकुमार साहको जनकपुरमै उपचार भइरहेको छ ।