काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महोत्तरीमा टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

12.1K
shares

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शनिवार धनुषाबाट सर्लाही जाँदै गरेको ना.१ज. २९०२ नम्बरको टाटासुमोले बर्दिबास नगरपालिका–१ स्थित सडकमा सोही दिशामा जाँदै गरेका पैदल यात्रु हेम्जनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।ठक्कर दिने टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।