कञ्चनपुरमा तीन वर्षीया बालिका बलात्कृत
वि.सं.२०७५ कात्तिक ५ सोमवार २१:३६
shares

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ मा तीन बर्षीय बालिका बलात्कृत भएकी छन् ।
१२ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर बालकले बलात्कार गरेका हुन् ।
परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण भईरहेको छ ।

























