काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपसभामुख तुम्बाहाम्फे बेलायतमा

10.14K
shares

उपसभामुख शिवमाया तुम्बाहाम्फे बुधबार बेलायत गएकी छन् ।

महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ । उनले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।
यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवर्द्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम छ ।

‘ब्रिटेन– नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा कात्तिक २७ गते नेपाली दूतावासमा आयोजना हुने ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’मा पनि तुम्बाहाम्फे सहभागी हुने प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।(रासस)