काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नहुनेमा सरोकारवालाहरुको जोड

9.17K
shares

राजनैतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र विचार अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न नहुनेमा विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले बिराटनगरमा विहीबार आयोजना गरेको मानव अधिकार प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता विषयक अन्तक्र्रियामा सहभागीहरुले यस्तो बताएका हन् । उनीहरुले लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्वयनमा आइसकेकोले संविधानमा उल्लिखित मौलिक अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोगका एक नम्बर प्रदेशका निर्देशक मोहनदेव जोशीले नेपालले मानव अधिकार पक्षका बिभिन्न १८ वटा अभिसन्धिमा हस्ताक्षर गरिसकेकोले लोकतान्त्रिक गणराज्यको सरकारले त्यसलाई पालना गर्नु अनिवार्य दायित्व हुने बताए ।

क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले आस्थाकै आधारमा नागरिकहरुलाई पक्राउ गरेर जेल हाल्नु, हिरासतमा राख्नु र यातना दिनु विश्वव्यापी मानव अधिकारको घोषणा विपरित कार्य भए पनि राज्यले बेवास्ता गरिरहेको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुँइटेलले सत्तामा गएपछि आस्थाको आधारमा नागरिकहरुलाई पक्राउ गर्ने राज्य कनुनी र लोकतान्त्रिक हुन नसक्ने बताए । नेकपा मोरङका संयोजक ऋषि पोखरेलले अब बिद्रोही बनेर अलग अस्तित्व खोज्नु भन्दा पनि सबैले न्याय र समानताका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

माओवादी का एक नम्बर प्रदेश संयोजक बिमल निरौलाले फरक आस्था राख्ने पार्टीको कार्यकर्ता भएकै कारण नागरिकहरुलाई पटक पटक पक्राउ गरेर जेल र हिरासतमा राखिरहनु संवैधानिक राज्यको खिल्ली हुने बताए । क्रान्तिकारी पत्रकार संगठनले २ असोजबाट ५ नम्बर प्रदेशको दाङबाट मानव अधिकार र प्रेस स्वतन्त्रका लागि देशव्यापी अभियान थालेको हो ।