सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो
वि.सं.२०७५ कात्तिक २९ बिहीवार २२:४७
shares

सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गरिइएको छ । रौतहटबाट पक्राउ परेका उनलाई राज्य विप्लवको मुद्दामा सर्वोच्चमा उपस्थित गराइएको हो ।
अलग मधेशको वकालत गर्दै आएका राउतलाई प्रहरीले असोज २१ गते पक्राउ गरेको थियो । बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि उनलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको हो।






















