नेकपा बैठक आज पनि, यस्ता छन् एजेण्डा
वि.सं.२०७५ मंसिर ७ शुक्रवार २१:०१
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार पनि बस्दैछ । बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको थियो । प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि प्रतिवेदन पेश गरिएको थियो ।
प्रतिवेदनबार शुक्रबारको सचिवालय बैठकमा छलफल हुने कार्यसूची छ । प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने उनले बताए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र नेताहरुको व्यस्तता कारणले सचिवालयको बैठक समेत सर्दै आएको थियो । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।






















