मनमोहक मुस्ताङ (फोटो फिचर)
वि.सं.२०७५ मंसिर ९ आइतवार २०:१८
shares

मुस्ताङ भ्रमण गर्ने प्रर्यटकको संख्या बढेको छ । यातायातको सुविधा भएसँगै बाह्य तथा आन्तरिक पर्यटक भ्रमणका लागि मुस्ताङ पुग्ने गरेका छन् । मुक्तिनाथ मन्दिर, धुम्बा ताल, धौलागिरी, निलगिरी हिमालको अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्न भक्तजन पुग्ने गरेका छन् । मुक्तिनाथको दर्शन गरेमा मनले चिताएको पूरा हुने जनविश्वास छ । काठमाडैंबाट मुस्ताङ दुई दिनमा पुग्न सकिन्छ ।


















































