गृहपृष्ठ निर्मलाका बाबु यज्ञराजको स्वस्थ्यमा सुधार

निर्मलाका बाबु यज्ञराजको स्वस्थ्यमा सुधार

निर्मलाका बाबु यज्ञराजको स्वस्थ्यमा सुधार

निर्मला पन्तका बाबु यज्ञराज पन्तको स्वास्थ्यमा सुधार आएको छ । मानसिक सन्तुलन गुमाएका भनिएका पन्तको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सक तथा परिवारले जानकारी दिएका छन् ।

पन्त छोरी निर्मलाको न्यायका लागि अनसन बस्दै आएका थिए । बलात्कारपछि हत्याको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै अनसनमा बसेका उनले सोही क्रममा मानसिक सन्तुलन गुमाएको भनिएको थियो । त्यपछि बिरामी पन्तलाई उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो । चिकित्सकका अनुसार उनको खुट्टाको औंला भाँचिएको छ ।

अनसनका कारण मानसिक सन्तुलन गुमाएपछि उनले जो सुकैलाई छोरी मार्ने अपराधी भन्दै गाली गर्ने गरेको उनकी पत्नी दुर्गादेवी पन्तले बताइन् । ‘पहिले खासै बोल्दैन्थे धर्ना बसेपछि होस गुुमाएर धेरै बोल्ने भए । जस्लाइ मनलाग्यो उसलाई कुट्ने पपिट्ने गर्न थाले र अरुलाई हान्दा आफ्नै खुट्टको औला भाँचियो तर उसलाई केही थाहा छैन,’ उनले भनिन्, ‘हामीलाई सबै नेपाली दाजुभाई तथा दिदीबहिनीले सहयोग गर्नु भएको छ, अस्ट्रेलियामा रहेका नेपालीहरुले गर्नु भएको एक लाख रुपैयाँ सहयोग बाबुराम भट्टराईले दिनु भयो, अब हत्यार पत्ता लगाएर कारबाही गरिदिए मनलाई केही शान्ति मिल्ने थियो ।’

प्रकाशित समय : ००:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु