काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वरबधु खोज्न तथा धार्मिक कार्य गर्न ‘गुरू मन्जरी’ स्थापना

19.72K
shares

सनातनी परम्पराको जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन अस्ट्रेलियामा रहेका नेपाली पण्डितहरूले ‘गुरू मन्जरी’ नामक संस्था स्थापना भएको छ । विशेषगरी विवाहका साथै ज्योतिषी परामर्श, वास्तु परामर्श र विभिन्न धार्मिक अनुष्ठानका लागि संस्था स्थापना गरिएको हो ।

विदेशमा सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यताअनुरूपको वरबधुको मिलनका लागि यो संस्थाले नेपाल महोत्सव सिड्नी २०१८ को अवसर पारेर मेरो स्वयम्बर नामक वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । वेबसाइटको सिड्नीका लागि नेपाली वाणिज्य दूत दिपक खड्काले उद्घाटन गरे ।

व्यस्त जीवनमा वर तथा बधु खोज्ने कार्यलार्इ सहज बनाउन वेबसाइट सञ्चालनमा ल्याएको संस्थाका संयोजक प्रकाश ढोडारीले जानकारी दिए । विवाह र यस सम्बन्धित सबै विषयको परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम बनाइएको छ भने ज्योतिषी परामर्शका लागि ज्योतिषविद राजु शर्मा भेटवाल र वास्तुसम्बन्धी विषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डित रहने उनले जानकारी दिए ।

marriage-newskarobarअस्ट्रेलियाका साथै नेपाल, अमेरिका, बेलायत, क्यानडा र जापानमा ‘गुरू मन्जरी’ का कार्यालय खुलिसकेका छन् । अस्ट्रेलियाबाट संयोजक ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धव शास्त्री, पण्डित रमनराज शास्त्री, वासिङ्गटन डिसीमा पण्डित राजेन्द्र खनाल,  टेक्सासबाट पण्डित भवानीशंकर शास्त्री र क्यालिफोर्नियाबाट पण्डित बासुदेव घिमिरे छन् । यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतबाट पण्डित दुर्गाप्रसाद पोखरेल र पण्डित जगदिश पौडेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री, जगदिश गैरे, न्युजिल्यान्डबाट पण्डित घनश्याम काफ्ले र जापानबाट पण्डित भगिरथ सापकोटा क्रियाशील रहेको संस्थाले जनाएको छ ।