काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा न्यौपाने

21.84K
shares

नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यसअघि महासचिव पदमा कार्यरत थिए ।

सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् । त्यसैगरी, सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी दुईजना सदस्य कार्यसमितिले मनोनीत गर्नेछ । संघको निवर्तमान अध्यक्ष दीपक खड्का हुन् ।

नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आगामी दिनमा अटो मेकानिक्सको हितका लागि थप प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारण सभाको उद्घाटन श्रम, रोजगार तथा समाज कल्याण मन्त्री गोकर्ण विष्टले गरेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए पनि लाखौं नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको र आगामी दिनमा आत्मसम्मानका साथ युवा यो क्षेत्रमा लाग्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्ने बताए ।

उनले यो क्षेत्रमा लाग्ने दक्ष जनशक्तिको आंकलन गरी त्यस्ता जनशक्ति उत्पादनका लागि आवश्यक योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले देशमा भएका सबै सवारी साधनको गुणस्तरयुक्त तरिकाले मर्मत गर्नका लागि राम्रो वातावरण निर्माण गर्नुपर्ने आवश्यकता भएको र यसका लागि सहकार्य गर्न चेम्बर पनि तयार भएको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसालले महासंघको नारा नै ‘प्रत्येक सहरमा सुविधासम्पन्न अटोल्यान्ड’ भएको बताउँदै सरकार र व्यवसायी मिलेर यसका लागि विभिन्न क्षेत्रमा सम्भाव्यता अध्ययन गरी त्यसै अनुरुप अगाडि बढ्नुपर्ने बताए ।

अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले वैदेशिक रोजगारीका कारण अटो मेकानिक्स र प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेकाले यसका लागि देशमा ठूला पूर्वाधार निर्माणको आवश्यकताका साथै महानगर, उपमहानगर र नगरपालिकाहरुमा अटोल्यान्ड निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुले समेत अटोल्यान्ड निर्माणका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा यो वर्ष ‘एसईई’ परीक्षा उत्तिर्ण गर्ने अटो मेकानिक्सका बालबालिका र अटो मेकानिक्स व्यवसायी संघलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीलाई पनि सम्मान गरिएको थियो ।